भोजपुरमा बाँदर आतंक कम गर्न बन्ध्याकरण कार्यक्रम
भोजपुर : वर्षौंदेखि बाँदर आतंकले हैरान किसानका लागि पौवादुङमा गाउँपालिकाले नयाँ रणनीति तयार गरेको छ । खेतबारीमा लगाएको मकै, कोदो, आलु, तरकारीलगायतका बाली सखाप पार्ने बाँदरको बढ्दो समस्या नियन्त्रण गर्न गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि बाँदर बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने नीति ल्याएको हो ।पछिल्ला वर्षहरूमा गाउँपालिकाका अधिकांश क्षेत्रमा बाँदरको संख्या उल्लेख्य रूपमा बढेसँगै किसानहरू खेतीपातीबाटै पलायन हुने अवस्था सिर्जना भएपछि गाउँपालिकाले उक्त कार्यक्रम ल्याउने भएको हो ।
