सरकारको हस्तक्षेपपछि फिफाले लगायो नेपालमाथि प्रतिबन्ध
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । एन्फाको आन्तरिक मामिलामा तेस्रो पक्ष (सरकार)ले अनावश्यक हस्तक्षेप गरेको निष्कर्ष निकाल्दै फिफाले नेपाल फुटबल संघ (एन्फा)माथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । फिफाले आफ्ना सदस्य संघहरू पूर्ण रूपमा स्वायत्त हुनुपर्ने र त्यसमा सरकारी वा राजनीतिक हस्तक्षेप नहुने प्रावधानलाई कडाइका साथ पालना गराउँदै आएको छ । नेपाली फुटबल इतिहासमा फिफाले प्रतिबन्ध लगाएको यो पहिलोपटक हो । फिफाको यो निर्णयले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय मञ्चबाट अलग गरिदिएको छ ।
