भेनेजुएला भूकम्प (अपडेट) : हजारौंको मृत्यु भएको आशंका, राष्ट्रको नाममा राष्ट्रपतिको सम्बोधन
काठमाडौं । भेनेजुएलामा लगातार दुईपटक ७.१ म्याग्निच्युड र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार भूकम्पमा हजारौं मानिसको मृत्यु भएको आशंका गरिएको छ । राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबार राति देशभर राष्ट्रिय आपतकाल घोषणा गरिन् । राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति रोड्रिगेजले भूकम्पमा ज्यान गुमाउनेहरूका परिवारप्रति समवेदना व्यक्त गरिन् । उनले मृतकको संख्या भने खुलाएनन् । उनले सरकार राहत र उद्धार कार्यमा पूर्ण रूपमा संलग्न रहेको बताइन् । उनले डाक्टर र नर्सहरूलाई तुरुन्तै अस्पतालमा उपस्थित हुन र घाइतेहरूको उपचार सुरु गर्न अपील गरिन् ।
