SHARE
अन्नपूर्ण · बिहीबार ११ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु, अर्का घाइते

रौतहट : रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का युवक घाइते भएका छ्न। बुधबार साँझ  कनकपुरबाट हरिहरपुरतर्फ जाँदै गरेको बा ९३ प ७५८८ नम्बरको मोटरसाइकलले बाख्रालाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।दुर्घटनामा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–५ का २३ वर्षीय आमोद चौधरी र पछाडि सवार २४ वर्षीय दिपेश चौधरी गम्भीर घाइते भएका थिए।उपचारका क्रममा चन्द्रपुर अस्पतालमा दिपेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।