उत्तर-पूर्वी जापानमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प, द्रुतमार्गहरू बन्द
टोकियो : जापानको उत्तर-पूर्वी तटीय क्षेत्रमा बिहीबार ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि सुनामीको कुनै चेतावनी जारी नगरिएको र हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरूले जनाएका छन्। साथै, त्यहाँका आणविक केन्द्रहरूमा पनि कुनै समस्या नदेखिएको जापानी सञ्चारमाध्यम जापान टुडेले उल्लेख गरेकाे छ।भूकम्प लगत्तै जापान सरकारले तोहोकु क्षेत्रमा जानकारी सङ्कलन गर्न र विपद् व्यवस्थापन तथा राहत कार्यका लागि एक आकस्मिक टोली गठन गरेको छ।
