SHARE
अन्नपूर्ण · बिहीबार ११ असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

विश्वकप चलिरहँदा फिफाले गर्यो नेपाललाई प्रतिबन्ध

काठमाडौं : अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बुधबार फिफाको ब्युरो अफ द काउन्सिलले विधानको धारा १६ बमोजिम नेपाललाई अर्को सूचना नआएसम्मका लागि  प्रतिबन्ध लगाउने निर्णय गरेको हो।नेपाललाई फिफाले पहिलो पटक प्रतिबन्ध लगाएको हो।तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाएको छ।