रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य छान्न मतदान जारी
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा मतदान जारी रहेको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले ९९ पदका लागि विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको जानकारी दिए ।मतदान आज बिहान १० बजेसम्म जारी रहने उनको भनाई छ। रास्वपा महाधिवेशनमा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्।९९ केन्द्रीय सदस्यका लागि ३ सय ८४ जनाले उम्मेदवारी दिएका छन्। केन्द्रीय सदस्यको मनोनयनका लागि १ प्रस्तावक र २१ जना समर्थक चाहिन्छ। २१ हजार शुल्क बुझाउनुपर्छ।
