SHARE
अन्नपूर्ण · बिहीबार ११ असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

भेनेजुएलामा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, तेल प्रशोधन केन्द्रसमेत प्रभावित

काराकास: भेनेजुएलाको उत्तरी तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर बुधबार विनाशकारी महाभूकम्प गएको छ। भूकम्पका कारण राजधानी काराकासका कैयौँ भवनहरू भत्किएका छन् भने देशकै ठूला रिफाइनरी (तेल प्रशोधन केन्द्र) हरू रहेका क्षेत्रहरूमा समेत तीव्र झट्का महसुस गरिएको छ।अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार देशका विभिन्न राज्यहरूमा केही सेकेन्डको अन्तरालमा दुईवटा ठूला भूकम्प गएका थिए।