SHARE
कालिका खबर · बिहीबार ११ असार २०८३ ०१:०२ AM · 1 मिनेट पढाइ

एमएडब्लु वृद्धिले बालकुमारीमा नयाँ ईभी वर्कसप सञ्चालनमा ल्यायो

काठमाडौं। नेपालमा डिपल, नाम्मी र सेरेस विद्युतीय सवारीसाधन (ईभी) को आधिकारिक आयातकर्ता तथा वितरक एमएडब्लु वृद्धिले ललितपुरको बालकुमारीमा अत्याधुनिक ईभी वर्कसप उद्घाटन गरेको छ। कम्पनीले ग्राहकलाई गुणस्तरीय तथा प्रभावकारी बिक्रीपछिको सेवा प्रदान गर्ने उद्देश्यसहित नयाँ वर्कसप सञ्चालनमा ल्याएको जनाएको छ। वर्कसपको उद्घाटन एमएडब्लु ग्रुपकी अध्यक्ष शान्ति देवी अग्रवाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, डोङफेङ मोटर्सका दक्षिण एसिया क्षेत्रीय बिक्री निर्देशक हे जिक्सिन, क्षेत्रीय सेवा प्रबन्धक ली सिनचुन तथा एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरियाले संयुक्त रूपमा गरेका हुन्।