SHARE
कालिका खबर · बिहीबार ११ असार २०८३ ०१:०८ AM · 1 मिनेट पढाइ

भारतमा होन्डामाथि टीभीएसको दबाब बढ्दो, विद्युतीय स्कुटरले बदल्दै बजारको समीकरण

काठमाडौँ । भारतीय दुईपाङ्ग्रे सवारीसाधन बजारमा लामो समयदेखि स्कुटर सेग्मेन्टमा एकछत्र प्रभुत्व कायम गर्दै आएको जापानी ब्रान्ड होन्डालाई स्वदेशी कम्पनी टीभीएस मोटरले बलियो चुनौती दिन थालेको छ। एक समय एक्टिभा र डिओ जस्ता लोकप्रिय मोडलका कारण ग्राहकको पहिलो रोजाइ बनेको होन्डाको बजार हिस्सा पछिल्ला वर्षहरूमा लगातार खुम्चिँदै गएको छ भने टीभीएसले आक्रामक विस्तारसँगै आफ्नो प्रभाव उल्लेखनीय रूपमा बढाएको छ।