पोखरामा सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको प्रयोगलाई थप विस्तार गर्ने उद्देश्यसहित सीजी मोटर्सले पोखराको अमरसिंह मैदानमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ। असार १० गतेदेखि सुरु भएको मेला असार १५ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। नेपालमा विभिन्न अग्रणी विद्युतीय मोबिलिटी ब्रान्डहरूको आधिकारिक वितरकका रूपमा स्थापित सीजी मोटर्सले आयोजना गरेको उक्त कार्निभलमा ग्राहकहरूले एकै स्थानमा प्रिमियम ईभी ब्रान्डका अत्याधुनिक सवारीसाधनहरू अवलोकन गर्न सक्नेछन्। मेलामा जीएसी आयन, रिडारा र दायुनका लोकप्रिय विद्युतीय मोडलहरू प्रदर्शनमा राखिएका छन्।
