स्कटल्यान्डलाई हराउँदै ब्राजिल नकआउटमा, करिब ३ वर्षपछि मैदान फर्किए नेयमार
काठमाडौं : समूह 'सी'को खेलमा ब्राजिलले स्कटल्यान्डलाई पराजित गर्दै समूहको शिर्षमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो। समूह 'सी' को मयामी स्टेडियममा भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले पराजित गरेको हो। पहिलो हाफमा २–० को अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा १ गोल थप्यो। पहिलो हाफमा भिनिसियस जुनियरले २ गोल गरेका थिए। दोस्रो हाफमा म्याथेयस कुन्हाले गोल थपे। ब्राजिल र स्कटल्यान्डबिचको खेलमा भिनिसियस जुनियरले खेलको सातौं मिनेटमा गोल गरेका छन्।
