SHARE
अन्नपूर्ण · बिहीबार ११ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

हाइटीलाई पराजित गर्दै समूह सी को उपविजेताको रुपमा मोरक्को नकआउटमा

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गतको समूह सीको अन्तिम खेलमा मोरक्कोले हाइटीलाई ४–२ ले पराजित गरेको छ। एटलान्टामा भएको खेलमा हाइटीलाई हराउँदै मोरक्को समूह सीको उपविजेताको रुपमा नकआउट प्रवेश गरेको हो। हाइटीको भने विश्वकप यात्रा सकिएको छ। खेलको १० औं मिनेटमा आत्मघाती गोलमार्फत हाइटीले अग्रता बनाएको थियो। मोरक्कोका गोलकिपर यासिन बोनोउबाट भएको आत्मघाती गोलमार्फत हाइटीले अग्रता बनाएको हो। खेलको ३९ औं  मिनेटमा मोरक्कोले बराबरी गोल फर्कायो।