रास्वपा महाधिवेशन : नीति ओझेलमा, नेतृत्वमा हानथाप
काठमाडौं/चितवन : अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन पनि पुराना पार्टीको जस्तै नेतृत्वमा केन्द्रित भएको छ। तीन दिनमा सक्ने गरी थालिएको महाधिवेशन चौथो दिनमा जारी छ। नेतृत्वकै झमेलाले महाधिवेशन लम्बिएको छ। महाधिवेशनमा विचार, सिद्धान्त, मार्गदर्शनमा खासै ध्यान दिएको देखिँदैन। पार्टीको राजनीतिक, संगठनात्मक प्रतिवेदनहरू कुनै छलफल नै नगरी पारित गरेको भन्दै आलोचना भएको छ।
