स्विट्जरल्यान्ड समूह विजेता बन्दै नकआउटमा, पराजित क्यानडा पनि नकआउटमा
काठमाडौं : फिफा विश्वकप २०२६ को समूह बी को खेल सकिएको छ। समूह बी बाट स्विट्जरल्यान्ड समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ। भ्यानकुभरमा सहआयोजक क्यानडालाई २–१ गोलले पराजित ग¥यो । स्विट्जरल्यान्डसँग पराजित भए पनि क्यानडा समूह बी को उपविजेताको रुपमा नकआउट प्रवेश गरेको छ। दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। मध्यान्तरपछि गोलको खाता खोल्न स्विस टोलीलाई ६० सेकेन्ड पनि लागेन ।
