SHARE
अन्नपूर्ण · बुधबार १० असार २०८३ १०:०० PM · 1 मिनेट पढाइ

भद्रपुरले बजेटको आकार बढयो, एक अर्ब ७ करोड बजेट प्रस्ताव

झापा : भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को एक अर्ब ७ करोड ७९ लाख ५० हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्ताव गरेको छ। बुधवार भद्रपुर नगरपालिकाको १८औं नगर सभाले स्वीकृत गरेको नीति तथा कार्यक्रममा नगर उपप्रमुख राधा कार्कीले चालु आर्थिक वर्ष २०८२/०८३ भन्दा झन्डै २७ करोड आकार बढाएर बजेट प्रस्तुत गरेकी छिन्। उपप्रमुख कार्कीले प्रस्तुत गरेकी बजेटको आकार आर्थिक वर्ष २०८१÷०८२ मा ल्याएको जस्तो नै देखिन्छ ।