SHARE
अन्नपूर्ण · बुधबार १० असार २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

सर्पले डसेर एक जना पुरुषको मृत्यु

विराटनगर : मोरङको रंगेलीमा सर्पले डसेर बुधबार अपरान्ह एक जना पुरुषको मृत्यु भएको छ। रंगेली नगरपालिका-८ दर्वेशाका अन्दाजी ५५ वर्षीय झमलाल ताजपुरियाको मृत्यु भएको प्रहरीले जनाएको छ। घरको सरसफाइ गर्ने क्रममा अपरान्ह ४:४५ बजेतिर उनको दाहिने खुट्टामा सर्पले टोकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।सर्पले टोकेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ।