SHARE
अन्नपूर्ण · बुधबार १० असार २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

चन्द्रपुरले ल्यायो १ अर्ब २१ करोडको बजेट

चन्द्रपुर : रौतहटको चन्द्रपुर नगरपालिकाले आफ्नो १७औँ नगरसभा नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ। पालिकाले  १ अर्ब २१ करोड ८० लाख रुपैयाँ बराबरको बजेट ल्याएको उपप्रमुख जयमाला चौधरीले बताइन्।प्रस्तावित बजेटअनुसार कुल खर्चमध्ये ८५ करोड रुपैयाँ ९७०.५ प्रतिशत चालु खर्चतर्फ विनियोजन गरिएको छ भने ३५ करोड १३ लाख रुपैयाँ ९२९.५ प्रतिशत पूँजीगत तथा विकास निर्माणका कार्यक्रमका लागि छुट्याइएको छ।