मौलापुरका मेयर रिना साहद्धारा ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता
रौतहट । रौतहटको मौलापुर नगरपालिकाले दशौं बजेट अधिवेशनको आ.व. २०८३/०८४ को नीति तथा कार्यक्रममा महत्वपूर्ण योजनालाई निरन्तरता दिएको छ । झण्डै ४२ करोड ३० लाख रुपैयाको प्रस्तुत बजेट वक्तव्यमा मौलापुर नगरपालिकाका मेयर रिना कुमारी साहले विगतदेखी महत्व दिदै राखिएका योजनालाई यस बजेटमा पनि निरन्तरता दिएकी छन् । मौलापुर नगरपालिकामा बुधबार प्रस्तुत आ.व. २०८३/०८४ को बजेटमा नगरपालिकाले ‘नगर मास्टर’ र ‘नगर डाक्टर’लाई निरन्तरता दिनुका साथै नगरबासीलाई ‘निशुल्क बिजुली’, ‘निशुल्क पानी’ तथा छोरीसंग मेयर कार्यक्रम’लाई पनि निरन्तरता दिएको छ ।
