SHARE
कालिका खबर · बुधबार १० असार २०८३ ११:४२ AM · 1 मिनेट पढाइ

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चालु आर्थिक वर्षको तुलनामा ७३ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाले बुधबार आयोजित २०औँ नगर अधिवेशनमा चालु आवको तुलनामा १६.५५ प्रतिशतले बढी अनुमानित आय–व्यय सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षका लागि महानगरपालिकाले १९औँ नगर अधिवेशनमार्फत तीन अर्ब ६९ करोड १२ लाख ४६ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको थियो । आगामी आर्थिक वर्षका लागि भने ४ अर्ब ४२ करोड ३४ लाख ६८ हजार रुपैयाँको अनुमानित आय–व्यय प्रस्तुत गरिएको छ ।