गर्मीले विद्यार्थी कक्षाकोठामै मुर्छित, वीरगञ्जका सबै विद्यालय दुई दिन बिदा
वीरगन्ज : तराई–मधेसमा केहि सातायता गर्मी अत्याधिक बढ्दै गएपछि पर्साको वीरगन्ज महानगरपालिकाले विद्यालयहरु दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।बढ्दो गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै वीरगन्ज महानगरपालिकाले असार ११ र १२ गते (बिहीबार र शुक्रबार ) गरी दुई दिन महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
