SHARE
अन्नपूर्ण · बुधबार १० असार २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

भक्तपुरले ल्यायो दुई अर्ब ५५ करोडको बजेट

भक्तपुर : भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बीसौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८३।८४ को अनुमानित आयव्यय बजेट प्रस्तुत गरेको छ ।  भक्तपुर नगरपालिकाको आन्तरिक स्रोत, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, विभिन्न अनुदान र चालु वर्षको बैंक मौज्दातबाट व्यवस्थापन हुने गरी आ.व. २०८३।८४ को लागि २ अर्ब ५५ करोडको बजेट प्रस्तुत गरिएको हो ।