रास्वपालाई केही भयो भने देशलाई असर पर्छ : सुलभ खरेल
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुलभ खरेलले खुला तर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खरेलले पार्टीभित्र आफ्नो पक्षमा सकारात्मक माहोल रहेको दाबी गरे। उनले सबैले आफूलाई मतदान गर्ने बताएको उल्लेख गर्दै पार्टीभित्रको वातावरण राम्रो रहेको बताए। खरेलले संसदीय व्यवस्थामा सरकार र राजनीतिक दलबीचको समन्वय अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरे। उनले सरकार सञ्चालनको दिशा दलले तय गर्ने एजेन्डामा निर्भर रहने भन्दै रास्वपा अहिले एक विशाल राजनीतिक शक्तिका रूपमा स्थापित भइसकेकाले पार्टीलाई अझ व्यवस्थित र सुदृढ बनाउन आवश्यक रहेको बताए।
