विराटनगरले ल्यायो तीन अर्ब ५६ करोडको बजेट, आन्तरिक आम्दानीमा पुरानै लक्ष्य
विराटनगर : विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३ /०८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख शिल्पा निराला कार्कीले बुधबार सम्पन्न नगरसभामा बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षको तुलनामा करिब १२ करोड रुपैयाँ कम आकारको बजेट ल्याइएको जानकारी दिइन् । चालु आर्थिक वर्षका लागि महानगरले ३ अर्ब ६८ करोड २८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको थियो । आगामी वर्षका लागि भने बजेटको आकार केही घटाइएको छ ।
