SHARE
अन्नपूर्ण · बुधबार १० असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी (सूचीसहित)

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन आयोगले प्रारम्भिक सूची प्रकाशित गरेको हो। सूचीमा कूल ३८४ उम्मेदवार रहेका छन्। ९९ सदस्यका लागि हुने भनिएको निर्वाचनमा ३८४ जनाले मनोनयन दर्ता गराएका हुन्। सभापतिमा भने रवि लामिछाने निर्विरोध भएका छन्।