SHARE
अन्नपूर्ण · बुधबार १० असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

हुनेवाला पतिलाई ४०० फिटको खाल्डोमा धकेल्ने सिया र उनका प्रेमीले स्वीकारे अपराध

भारत : भारत पुणेको लोहागढ किल्लाबाट ४०० फिट गहिरो खाडलमा आफ्ना हुनेवाला पति केतन अग्रवाललाई धकेलेको आरोपमा उनकी हुनेवाला दुलही सिया गोयलले आफ्नो अपराध स्वीकार गरेकी छिन् । सियाका प्रेमी चेतन चौधरीले पनि हत्याकाण्डमा आफू संलग्न रहेको स्वीकार गरेका छन् । स्रोतहरूका अनुसार प्रहरी सोधपुछमा दुवैले सिया केतनसँग विवाह गर्न चाहँदैनथिन्, त्यसैले उनले केतनको हत्या गर्ने योजना बनाएकी थिइन् ।सिया र चेतन दुवै केतनलाई बाटोबाट हटाउन चाहन्थे ।