वीरगञ्ज महानगरपालिकाद्वारा ४ अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक
वीरगञ्ज, असार १०। वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। महानगरले समग्र नगर विकास, सेवा प्रवाहको विस्तार तथा नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राख्दै बजेट विनियोजन गरेको जनाएको छ। सार्वजनिक गरिएको बजेटमा पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी, सडक तथा नाला निर्माण, वातावरण संरक्षण, कृषि, युवा तथा खेलकुद, डिजिटल सेवा प्रवाह तथा सुशासनका क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ। महानगरका अनुसार नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित विभिन्न विकास तथा जनमुखी कार्यक्रमहरू सञ्चालन गरिनेछ।
