SHARE
कालिका खबर · बुधबार १० असार २०८३ ०८:४४ AM · 1 मिनेट पढाइ

इरानी विदेशमन्त्री अराघची र हमास अधिकारीबिच भेटवार्ता

तेहरान ।  इरानका विदेशमन्त्री अब्बास अराघचीले प्यालेस्टिनी लडाकू समूह हमासका एक वरिष्ठ अधिकारीसँग इरान र संयुक्तराज्य अमेरिका बिचको वार्ताको बारेमा भेटवार्ता गरेको इरानको सरकारी टेलिभिजनले बुधबार जनाएको छ । अब्बास अराघचीले हमासको राजनीतिक ब्युरोका सदस्य बासेम नइमसँग यस क्षेत्रको पछिल्लो घटनाक्रम बारेमा छलफल गरेको इरानी टेलिभिजनले जनाएको हो । पश्चिम एसियामा व्याप्त शत्रुता अन्त्य गर्ने उद्देश्यले इरान र संयुक्त राज्य अमेरिकाबिच गत हप्ता समझदारी पत्रमा हस्ताक्षर भएको थियो । समझदारी पत्रमा गाजाको बारेमा स्पष्ट व्यवस्था नगरिएको भएता पनि लेबनान लगायतका क्षेत्रहरुमा जारी सैन्य कारबाहीको तत्काल र स्थायी समाप्ती निर्धारित गरिएको छ ।