रास्वपा महाधिवेशन: मतदानको तयारी हुँदै
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको मतदानका लागि अझै तीन घण्टा लाग्ने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले केन्द्रीय सदस्यका उम्मेदवारको नामावली तयारीसँगै अन्य प्रक्रिया पूरा गर्न तीन घण्टा लाग्ने भएको हो । पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचन प्रक्रिया सुरु हुन केही समय लाग्ने जानकारी दिए । उनले भने, “केन्द्रीय सदस्यको उम्मेदवारी अध्ययन, दाबी विरोध, विद्युतीय मतदान उपकरणमा उम्मेदवारको नामावली प्रविष्ट गर्नेलगायत काम बाँकी रहेकाले दुईदेखि तीन घण्टा लाग्न सक्छ ।” अहिले सबै काम भइरहेको भन्दै उनले ३७० जनाको उम्मेदवारी परेको जानकारी दिए ।
