वीरगन्ज महानगरले ल्यायो चार अर्ब ४२ करोडको बजेट
वीरगन्ज : वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चार अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ । बुधबार आयोजित वीरगन्ज महानगरपालिकाको नगरसभाको २० औं अधिवेशनमा महानगरका कार्यवाहक मेयर इम्तियाज आलमकातर्फबाट नगरकार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षका लागि चार अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित आय–व्ययसहितको बजेट प्रस्तुत गरेका हुन् ।
