SHARE
अन्नपूर्ण · बुधबार १० असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

मनास्लुको फेदीमा ‘हाईअल्टिच्यूड’ फुटबल प्रतियोगिता

गोरखा : मनासलु हिमालको फेदीमा ‘हाइअल्टिच्यूड’ फुटबल प्रतियोगिता सुरु भएको छ । समुद्री सतहदेखि ३,५०० मिटर उचाइको स्याला खेल मैदानमा आज बुधबारदेखि मनास्लु कप फुटबल प्रतियोगिता भएको थार्पा लामाले जानकारी दिए ।हिमालपारिको चुमनुब्री गाउँपालिका २ स्याला खेल मैदानमा सञ्चालन भएको प्रतियोगिताको चुमनुब्री–२ का निवर्तमान वडाअध्यक्ष पेम्बारेता लामाले उद्घाटन गरेका छन् । आलोपालो पद्धति अनुसार यस पटकको प्रतियोगिता बिही सेराङ्गी हिमाली युवा क्लवले आयोजना गरेको उनले बताए ।