SHARE
अन्नपूर्ण · बुधबार १० असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

कांग्रेसले सदस्यता वितरण व्यवस्थित गर्न देशभर खटायो प्रतिनिधि, को कहाँ ? (सूचीसहित)

काठमाडौं : नेपाली कांग्रेसले पार्टी सदस्यता वितरण व्यवस्थित गर्न देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ । कांग्रेसले पार्टीको केन्द्रीय समिति बैठकको निर्णय अनुसार १५ औं महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियानलाई व्यवस्थित गर्न प्रतिनिधि तोकेको जनाएको छ ।नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेष गरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य पार्टीले राखेको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।