SHARE
कालिका खबर · बुधबार १० असार २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

मानव अधिकार संरक्षणसँगै व्यवसाय प्रवर्द्वन आवश्यक : आयोग अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । बुधबार व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने भएपनि नागरिकको मानव अधिकार कुनै पनि हालतमा हनन् हुन नहुने बताए। उनले भने, ‘मानव अधिकारको संरक्षण र सम्वर्द्वन गर्ने काम सरकारको हो । व्यवसाय सञ्चालन गर्दाखेरि मानव अधिकार हनन हुन दिनु हुँदैन । यदि अधिकार हनन भएको छ भने त्यसको प्रभावकारी उपचार र न्यायको व्यवस्था हुनुपर्छ ।