तल्लो भेगका भौंतारिँदै हिमचितुवा
गोरखा : उत्तरी गोरखामा हिमचितुवा औसत उचाइभन्दा तल्लो क्षेत्रमा भौंतारिरहेको छ। समुद्री सतहदेखि २५०० मिटरदेखि २८०० मिटर उचाइका जंगल तथा स्याउ बँगैचामा हिमचितुवा भौतारिरहेको स्थानीय किसानहरूले भेट्ने गरेका हुन्।‘केही दिनदेखि हिमचितुवा हाम्रो स्याउ फर्ममा आउने गरेको छ’, चुमनुब्री–२ ल्होका विशाल मनास्लु कृषि फर्म तथा अध्ययन केन्द्रका सञ्चालक छिरिङ धार्के लामा भन्छन्, ‘हाम्रो फर्म करिब २८०० मिटर उचाइमा छ।
