सुशासनको नारा दिनेहरू सल्लाहकार–पीएको फौज खडा गर्दैछन् : शंकर पोखरेल
काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले, रास्वपाले निर्वाचनका बेला गरेको मितव्ययिता र सुशासनको प्रतिबद्धता विपरीत व्यवहार गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले नयाँ शक्तिका रूपमा उदाएको दल सत्तामा पुगेपछि सल्लाहकार र व्यक्तिगत सहायक (पीए) हरूको ठूलो समूह खडा गरेको भन्दै आलोचना गरेका हुन् । उनले निर्वाचनका बेला राज्यकोषको दोहन रोक्ने, राज्यका निकायलाई राजनीतिक प्रभावबाट मुक्त गर्ने तथा सुशासन कायम गर्ने प्रतिबद्धता जनाएर जनताको मत प्राप्त गरे पनि व्यवहारमा त्यसको उल्टो भइरहेको दाबी गरेका छन् ।
