गरुडा नगरपालिकामा आर्थिक बेथिति : एक करोड बढी अनियमितता
रौतहट : जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकामा चरम आर्थिक दोहन भएको महालेखाको प्रतिवेदनले देखाएको छ । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले गरुडा नगरपालिकामा एक करोड एक लाख ६० हजार ५४१ रुपैयाँ बराबरको आर्थिक अनियमितता देखाएको छ ।प्रतिवेदनअनुसार नगरपालिकाले विभिन्न शीर्षकमा गरेको खर्चमध्ये ठूलो रकम आवश्यक कागजात, प्रमाण तथा कानुनी प्रक्रिया पूरा नगरी मेयर कन्थमणी जयसबाल र उनका छोराहरुको मौखिक आदेशमा भुक्तानी गरिएको पाइएको छ ।
