SHARE
अन्नपूर्ण · बुधबार १० असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

मेसीले रचेको इतिहास

डालास : अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा अस्ट्रियाविरुद्ध दुई गोल गर्दै विश्व फुटबलमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन्। उनको उत्कृष्ट प्रदर्शनमा साविक विजेता अर्जेन्टिनाले समूह ‘जे’को खेलमा अस्ट्रियालाई २–० गोलले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको थियो।खेलको सुरुवातमै पेनाल्टी अवसर गुमाएका मेसीले त्यसपछि आफ्नो अनुभव र उत्कृष्ट फिनिसिङमार्फत खेलको ३८औं मिनेटमा पहिलो गोल गरेका थिए।