तीन दिनको मौसम : तराईमा तातो हावा र पहाडमा चट्याङसहितको वर्षाको सम्भावना
काठमाडौं : जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले तराई भेगमा तातो हावा चल्ने पूर्वानुमान गरेको छ । आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्न सक्ने भएकाले महाशाखाले सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह समेत गरेको छ । जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले देशका हिमाली तथा पहाडी भेगमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जानकारी दिए ।
