शिक्षण संस्था सर्वेक्षण : बागमतीमा सबैभन्दा धेरै विद्यालय, कर्णालीमा कम
काठमाडौं : नेपालमा सरकारी स्वामित्वबाहेकका (निजी, सामुदायिक, साझेदारी र गुठी) शिक्षण संस्थाहरूको संख्या बागमती प्रदेशमा सबैभन्दा धेरै र कर्णाली प्रदेशमा सबैभन्दा कम रहेको पाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१’ को नतिजाअनुसार देशभर सञ्चालनमा रहेका कुल १० हजार ४ सय ११ गैरसरकारी शिक्षण संस्थामध्ये २७.९ प्रतिशत बागमतीमा र मात्र ३.६ प्रतिशत कर्णालीमा छन्।
