SHARE
अन्नपूर्ण · बुधबार १० असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

होर्मुजमा फसेका ११ हजार नाविकहरूको उद्धार सुरु

अमेरिका : संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय समुद्री संगठन (आइएमओ) ले अमेरिका–इरानबीच इरानमाथिको युद्ध अन्त्य गर्न गरिएको समझदारीपत्र (एमओयु) पछि होर्मुज जलडमरूमध्यमा फसेका ११ हजार बढी नाविकहरूको उद्धार सुरु गरेको छ । आइएमओका महासचिव आर्सेनियो डोमिन्गेजले मंगलबार जारी गरेको वक्तव्यमा यो अभियान ‘क्षेत्रका इरान, ओमान, अन्य तटीय देशहरू, संयुक्त राज्य अमेरिका र समुद्री उद्योगसँग घनिष्ठ सहकार्यमा’ सञ्चालन गरिने बताएका छन् ।