सुनसरीमा डाक्टरले चलाएको कारसँग ठोक्किँदा वरिष्ठ सई यादवको मृत्यु, पत्नी घाइते
सुनसरी, । नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालुकुमार यादवको सुनसरीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ भने उनकी पत्नी रामपरी यादव घाइते भएकी छन् । मंगलबार दिउँसो करिब १२ बजे बर्जू गाउँपालिका–६ स्थित नरह चोकमा भएको दुर्घटनामा प्रदेश १–०२–००२ च ६२५२ नम्बरको विद्युतीय कार र प्रदेश १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक यादवलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो । उपचारकै क्रममा दिउँसो ४ः१६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
