SHARE
अन्नपूर्ण · बुधबार १० असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

रास्वपा निर्वाचन : केन्द्रीय सदस्यमा ४०० बढीको उम्मेद्वारी, विद्युतीय मेसिनबाट मतदान हुने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीको ९९ जना केन्द्रीय सदस्यका लागि ४०० भन्दा बढी प्रतिनिधिले उम्मेद्वारी दर्ता गराएका छन्। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको जानकारी दिए। रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका थिए। निर्वाचित ९९ जना मध्येबाट पदाधिकारी चयन गरिने छ। पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ। मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गरिने छ।