विश्वकप फाइनलको मञ्चमा फिफा अध्यक्षसँगै देखिनेछन् ट्रम्प, विजेतालाई सँगै बाँड्नेछन् ट्रफी
न्युयोर्क : फिफा विश्वकप २०२६ को फाइनल खेल निकै रोचक हुने भएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप फाइनलको ट्रफी वितरण समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी हुने आधिकारिक पुष्टि गरेका छन् । मंगलबार बिहान 'फक्स न्युज'सँगको अन्तर्वार्तामा अध्यक्ष इन्फान्टिनोले भने-'हामी राष्ट्रपति ट्रम्पसँगै रहेर फाइनलको आनन्द लिनेछौँ र विजेता टोलीलाई संयुक्त रूपमा ट्रफी हस्तान्तरण गर्नेछौँ ।
