डिआर कंगोलाई पराजित गर्दा कोलम्बो नकआउट चरणमा प्रवेश
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह के को खेलमा कोलम्बोले डीआर कंगोमाथि १–० को जित दर्ता गर्र्दै नकआउट चरणमा प्रवेश गरेको छ। स्टाडियो ग्वाडालाजारामा भएको खेलको ६७ औं मिनेटमा भएको १ गोल नै निर्णायक बन्यो। कोलम्बोको जितमा डानियल मुनोजले गरेको गोल नै निर्णायक बन्यो। पहिलो हाफमा कोलम्बोले निकै प्रहार गरेपनि डीआर कंगोका गोलकिपरले उत्कृष्ट बचाव गरेका थिए। दोस्रो हाफमा पनि कोलम्बो लगातार डीआर कंगोमाथि दबाब बनाइरहेको थियो ।
