SHARE
अन्नपूर्ण · बुधबार १० असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

सुरक्षा निकायमा कार्यक्षेत्रगत अन्योलता, सशस्त्रको भूमिका

मुलुकको सुरक्षा संरचनाको इतिहास हेर्दा, पृथ्वीनारायण शाहद्वारा सुरु गरिएको राज्य एकीकरणको कालदेखि नै राष्ट्रिय सुरक्षा मुख्यत: सेना केन्द्रित थियो। कालान्तरमा, आन्तरिक शान्ति सुव्यवस्थाको जिम्मेवारी नेपाल प्रहरीको काँधमा आयो। २०५२ सालमा सुरु भएको आन्तरिक विद्रोह (माओवादी सशस्त्र द्वन्द्व) को समयमा सुरुवाती चरणमा नेपाल प्रहरीलाई नै परिचालन गरियो। तत्कालीन समयमा सेना परिचालनका लागि आवश्यक पर्ने कानुनी तथा व्यवस्थापकीय पक्षमा सरकारको पर्याप्त ध्यान पुग्न सकेन।