११ जिल्लामा देखियो बर्ड फ्लु
काठमाडौं : चरा तथा पन्छीहरूमा लाग्ने अतिसंक्रामक भाइरल रोग ‘बर्ड फ्लु’ अहिलेसम्म ११ जिल्लाका ८२ स्थानमा देखिएको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार गत चैत ४ गते मोरङ जिल्लामा देखिएको बर्ड फ्लु अहिलेसम्म ११ जिल्लाको ८२ ठाउँमा फैलिएको छ। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लु देखिएको छ।
