SHARE
अन्नपूर्ण · बुधबार १० असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशनको सन्देश के ?

नेपालको राजनीतिक इतिहासमा पछिल्लो समय सबैभन्दा बढी चर्चा र बहसको केन्द्रमा रहेको राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै हो। त्यसैले रास्वपा र रास्वपा नेतृत्वको सरकारलाई हरेक शक्तिले उनका गतिविधि नजिकबाट नियालिरहेका छन्। जो स्वाभाविक छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय राजनीतिमा उदाएको रास्वपाले छोटो अवधिमै उल्लेखनीय जनसमर्थन प्राप्त गर्दै नेपाली राजनीतिमा नयाँ सम्भावनाको ढोका खोलेको छ।