पश्चिमसम्म पुग्नै सकेन मनसुनी वायु
काठमाडौं : नेपालमा मनसुन भित्रिएको ५ दिन बितिसक्दा पनि विस्तार हुन सकेको छैन। सामान्यतया कोशी प्रदेशबाट सुरु हुने मनसुन एक साताभित्रै देशको पश्चिमी भूभागसम्म फैलिने गर्छ। तर, यस वर्ष सुरुदेखि नै मनसुनी प्रणाली कमजोर रहेका कारण वायुको गति सुस्त बनेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले बताए। ‘सुरुदेखि नै मनसुन कमजोर देखिएको छ, तर यसलाई अहिले नै मनसुन ब्रेक भन्न भने मिल्दैन,’ दाहालले स्पष्ट पारे।
