SHARE
अन्नपूर्ण · बुधबार १० असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

सुशासनको कसीमा शुद्धीकरणको तरबार

संयोग हो या होइन, नेपाल खैरोसूचीमा यथावत् रहेको समाचार आएकै दिन सम्पत्ति शुद्धीकरणमा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परे। फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ)ले २०८१ फागुनदेखिको खैरोसूचीमा नेपाललाई निरन्तर राखिरहेको खबर सोमबारको हो। त्यसै दिन पौडेल पक्राउ परे। एफएटीएफले भनिरहेकै विषय के हो भने नेपालले सम्पत्ति शुद्धीकरण गर्नै सकेन। अवैध आम्दानी वा स्रोत नखुलेको सम्पत्तिको नियमन भएन।