SHARE
अन्नपूर्ण · बुधबार १० असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

पोर्चुगल ५ गोलले विजयी, हारसँगै विश्वकपबाट बाहिरियो उज्वेकिस्तान

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह के को खेलमा पोचुर्गलले उज्वेकिस्तानलाई ५–० ले हराएको छ। ह्युस्टन स्टेडियममा भएको खेलमा पहिलो हाफमा ३–० को अग्रता बनाएको पोचुर्गलले दोस्रो हाफमा थप २ गोल गर्यो। पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे। खेलको सातौं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगलले अग्रता बनाएको थियो। दायाँतर्फबाट आएको क्रसलाई उनले गोलमा परिणत गरेका हुन्। छैटौं विश्वकप खेलिरहेका उनले विश्वकपमा नवौं गोल गरेका हुन्।